Sat. Jul 27th, 2024

धादिङकी एरिकालाई अमेरिकामा ९ लाखसहितको सम्मान

धादिङ-धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढि रकमसहित सम्मानित भएकी छिन्। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर ९९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो।

दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशूल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन्। च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको‌ बालाजुमा ४ वर्ष अघिबाट सन्चालनमा छ।

युएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका‌ लागि अमेरिका पुगेकी एरिकालाई‌ सम्मान गरिएको हो ।
उनलाई तमु परिवारले २ हजार ७ सय ५६,तमु सोसाईटीले ९ सय ५३, सुदुर पश्चिम समाजले ५ सय ५०
,इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १ सय ९०, मामा भान्जा ग्रुपले १ हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए।

युएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन्। गत असोजमा चीनमा भएको १९ औं एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन्। एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन्।

About The Author

Loading...

अन्य समाचारहरु: