Sat. Jul 27th, 2024

अर्जुन श्रेष्ठ र राजाराम डंगोललाई क्रियाशिल पत्रकारिता पुरस्कार

धादिङ– धादिङका पत्रकार अर्जुन श्रेष्ठ सम्मानित भएका छ्न् । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत भएका हुन् ।

नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठ २०६७ सालदेखि सक्रिय पत्रकारितामा रहेका छन् । श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादनक हुन् ।

श्रेष्ठसहित राजाराम डंगोल पनि सम्मानित भएका छन् । प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट डंगोल सम्मानित भएका हुन् । उनी रेडियो कृषिको कार्यक्रम संयोजक र टोलटोलको खबर डटकमको संचालक हुन् ।

पुरस्कृत श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: