Tue. Apr 30th, 2024

मनिषा कोइराला स्टारर नेटफिल्क्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

काठमाडौं – सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित श्रृंखला ‘हीरामण्डी स् द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ । पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ ।

यो श्रृंखलाले लाहोरको शाही छिमेकी हीरामण्डीका यौनकर्मीको जीवनलाई चित्रण गर्छ । यसले देशको स्वतन्त्रताको समयमा यौनकर्मी महिलाको जीवनशैली र उनीहरूको संघर्ष देखाउँछ । यो श्रृंखलाले तपाईंलाई त्यो समयमा लैजान्छ जब भारत स्वतन्त्रताको लागि लडिरहेको थियो ।

ट्रेलरमा मल्लिका जान (मनिषा कोइराला) हीरामण्डीमा एक्लै छिन्, जसले उच्च वर्गका दरबारको घरमा शासन गर्छिन् । मल्लिका जान बिना कुनै डर आफ्नो शासन चलाउँछिन्, तर एक दिन उनको पुरानो शत्रुकी छोरी फरीदान ९सोनाक्षी सिन्हा० को आगमनसँगै तनावको वातावरण सिर्जना हुन थाल्छ ।

ब्रिटिश शासनबाट भारत स्वतन्त्रताको माग गर्दै क्रान्तिकारीले प्रदर्शन गर्दा सहर पनि अशान्त छ । मल्लिका जानकी छोरी बिब्बो जान (अदिती राव हैदरी) स्वतन्त्रता संग्राममा सामेल हुन्छिन् । यसैबीच मल्लिकाकी कान्छी छोरी आलमजेब ९शरमिन सहगल० नवाब (राजा)का छोरा ताजदार (ताहा शाह बदुशा) सँग प्रेमको सपना देख्छिन् र हीरामण्डीबाट बाहिर जान चाहन्छिन् ।

भन्सालीको यो श्रृंखला यसवर्षको बहुप्रतीक्षित वेबसिरिजमध्ये एक हो । यो श्रृंखलाले सन् १९४० को दशकमा ब्रिटिस राज विरुद्धको भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा लाहोरको हिरामंडीको रेडलाइट एरियामा यौनकर्मी महिलाको जीवनलाई हाइलाइट गर्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: