Sat. Jul 27th, 2024

रुवीभ्याली गाउँपालिकालाई हिमालयन हेल्थ केयरद्धारा एम्बुलेन्स सहयोग

धादिङको रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङलाई उम्बुलेन्सको ब्लुबुक र साँचो हस्तान्तरण गर्नुहुँदै हिमालयन हेल्थ केयर नेपालका प्रशाासकीय अधिकृत कुलमणि बस्नेत । तस्बिर : शंकर श्रेष्ठ

धादिङ– धादिङको बिकटमा पर्ने रुवीभ्याली गाउँपालिकाले अब आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

उच्च पहाडी क्षेत्रको विकट वस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन हिमालयन हेल्थ केयर नेपाल नामक सामाजिक संस्थाले गाउँपालिकालाई एम्बुलेन्स सहयोग उपलब्ध गराएको हो ।

विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यो पटक एम्बुलेन्स सहयोग उपलब्ध गराएको रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले बताए ।

जेनतेन सवारी चल्न सुरु गरेको रुवीभ्यालीमा एम्बुलेन्स संचालनमा आएपछि बिरामी पर्दा मंहगो शुल्क तिरेर हेलिकप्टर चार्टड गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने भएको छ ।

सडक सञ्जाल र एम्बुलेन्स नहुँदा वर्षमा ५० पटक भन्दा बढी हेलिकप्टर चार्टड गरेर बिरामीलाई अस्पताल लाने गरेको उपाध्यक्ष तामाङले बताए । ‘पोहोरसम्म सडक थिएन, पुल नहुँदा गाडी चल्न सक्ने थिएन । यो वर्ष धादिङबेसी तिप्लिङ सडकको मुख्य दुई ठाउँमा पुल निर्माण पनि भएको छ’, तामाङले भने–‘अघिल्लो वर्षको तुलनामा सडक सञ्जाल सहज भएसँगै संस्थाको सहयोगमा एम्बुलेन्स संचालन हुँदा स्थानीयले राहत महशुस गर्नेछन् ।’

मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीका स्थानीय पनि एम्बुलेन्स पाएसँगै खुसी भएका छन् । एम्बुलेन्स संचालनको लागि छुट्टै समिति निर्माण गरी कार्यविधि बनाएर प्रयोगमा ल्याइने उपाध्यक्ष तामाङले जानकारी दिए । एम्बुलेन्स रुवीभ्याली आधारभुत अस्पतालले सञ्चालन गर्ने छ ।

गाउँपालिकासँग तीन दशकदेखिको सहकार्य गर्दै आएकोमा अहिले एम्बुलेन्स सहयोग गरिएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले बताउनुभयो । आगामी दिनमा गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरिने उनको भनाई छ । सडक सञ्जाल नहुँदा रुवीभ्यालीबाट सदरमुकाम धादिङबेसी आउजाउ गर्न तीनदेखि चार दिन पैदल हिँड्नुपर्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: