Sat. Jul 27th, 2024

चिनियाँ र भारतीय लगानीकर्ता सरकारको प्राथमिकतामा

लगानी सम्मेलनको पूर्व सन्ध्यानमा चीनमा पाँचवटा र भारतमा दुई वटा ‘प्रि–इभेन्ट’ कार्यक्रम सम्पन्न भइसकेको छ । ती देशका लागि नेपालका राजदूतावासको अग्रसरतामा लगानी सम्मेलन सम्बन्धी जानकारी दिने लक्ष्यसहित ‘प्रि–इभेन्ट’ निरन्तर रुपमा छलफल भइरहेको हो ।

सुरुमा चीनका लागि नेपालको राजदूतावासको आयोजनामा चीनको बेइजिङसहित पाँच स्थानमा विभिन्न कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो । चीनमा मार्च २३ देखि २९ सम्मको अवधिमा बेइजिङ, हङकङ, छेङ्दू र ग्वाञ्जाओ लगायत स्थानमा लगानी सम्मेलनको ‘प्रि–इभेन्ट’ आयोजना गरिएको थियो ।

लगानी बोर्डको कार्यालयका अनुसार वैशाख सो छलफलमा १६ र १७ गते हुने लगानी सम्मेलन र सम्मेलनमा प्रस्तुत गरिने परियोजनाबारे छलफल भएको थियो । सबै स्थानमा गरी चीन, हङकङ र मकाउका स्थानीय व्यवसायी, चेम्बर लगायतका प्रतिनिधिसहित १०० जनाभन्दा बढीको सहभागिता थियो ।

यस्तै हालसम्म भारतमा दुईवटा लगानी सम्मेलनसँग सम्बन्धित ‘प्रि–इभेन्ट’ आयोजना गरिएको छ । अप्रिल ३ मा भारतस्थित नेपाली राजदूतावासको आयोजनामा नयाँ दिल्लीमा ‘पावर समिट’ आयोजना गरिएको थियो । जसमा नेपाल र भारतका तीन दर्जनभन्दा बढी जलविद्युत लगानीकर्ताको सहभागिता थियो ।

उक्त ‘प्रि–इभेन्ट’ छलफलमा अडानी समूहदेखि धेरै व्यावसायिक घरानाको सहभागिता थियो । यस्तै लगानी सम्मेलनलाई नै प्राथमिकतामा राखेर १२ अप्रिलमा नयाँ दिल्लीमा नै ‘इन्डस्ट्री आउटरिच मिट’ सम्पन्न भयो । यो ‘प्रि–इभेन्ट’ मार्फत भारतका उत्पादनमूलक उद्योगी, लगानीकर्ता र निर्यातकर्तालाई नेपालबारे जानकारी दिने लक्ष्य राखिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: