Mon. Jan 13th, 2025

भारतको काश्मिरमा डुंगा दुर्घटना हुदाँ १५ जना बेपत्ता

भारत प्रशासित काश्मिरमा मंगलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मी खटिइरहेको अधिकारीले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।’

हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, ‘हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।’ धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थी सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।

About The Author

अन्य समाचारहरु: