Sat. Jul 27th, 2024

अनाथ बालबालिकालाई निःशुल्क संगीत कक्षा

काठमाडौं – नयाँ शैक्षिक सत्र सुरु भएसँगै संगीत अनुसन्धान तथा विकास मंचले नक्सालस्थित बाल आश्रमका बालबालिकाको लागि संगीत अध्ययनको कक्षा थालेको छ ।

अहिले आश्रित २० जना बालबालिकाले निःशुल्क संगीत सिकिरहेको संस्थाका अध्यक्ष तथा गायक, संगीतकार ओम सुनारले बताए । बालबालिकाले गिटार, मादल, किबोर्डजस्ता वाद्यवादन र गायन कला सिकिरहेका छन् ।

साताको एक दिन संस्थाका पदाधिकारीले संगीत सिकाइरहेका छन् । अघिल्लो वर्ष पनि संस्थाले बाल आश्रमका विद्यार्थीलाई निःशुल्क संगीत सिकाएको थियो ।

सिक्दै गरेका बालबालिकालाई संगीतका सामग्री जरुरी भएकाले मनकारीलाई सघाउन आग्रह गरिएको छ । अर्को वर्षदेखि अन्य अनाथ आश्रममा पनि संगीतको कक्षा थालिने भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: