Sat. Jul 27th, 2024

विपिन जोशीको रिहाइका लागि कतारका राजासँग कुरा राख्छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनको विद्रोही समूह हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइका लागि कतारका राजासँग कुरा राख्ने बताएका छन्।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार आउँदैछन्।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सोही भ्रमणको समयमा विपिन जोशीको रिहाइका विषयमा कुरा राख्ने बताएका हुन्।

‘केही दिनभित्रै कतारका राजा अमीर औपचारिक राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ। हामीले एउटा एजेण्डा विपिन जोशीको रिहाईमा उहाँहरूले खेल्न सक्ने भूमिकालाई पनि बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले आज बिहानै आफूले कुवेतको एउटा टिभीलाई अन्तर्वार्ता दिएको र विपिन जोशीको रिहाइका निम्ति कतारले खेल्न सक्ने भूमिकाको बारेमा स्पष्ट पारेको बताए।

About The Author

Loading...

अन्य समाचारहरु: