धादिङ– नेकपा एमाले गंगाजमुना गाउँपालिका कमिटिको अध्यक्षमा नवराज ढकाल सर्वसम्मत चयन भएका छन् ।
गाउँपालिका कमिटिको दोश्रो अधिवेशनले ढकाललाई सर्वसम्मत चयन गरेको हो । ४९ सदस्यीय कमिटिको उपाध्यक्षमा प्रेम बहादुर घले, सचिवमा जित बहादुर सिंखडा, उपसचिवमा मिना श्रेष्ठ र इन्द्र बहादुर तामाङ सर्वसम्मत चयन भएका छन् ।
अधिवेशन उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले मिसन ०८४ सफल पार्नका लागि संगठन सुदृढ गर्दै एकतावद्ध र जनताको लागि काम गर्ने संगठनको रुपमा लाग्न आग्रह गरे । विकास र समृद्धि एमालेले मात्र गर्न सक्ने भएकोले एमालेमा गोलबद्ध हुन जनसमुदायलाई आग्रह गर्दै जनताको बहुदलिय जनबादलाई मार्गदर्शनको सिद्धान्त बनाएर जनपक्षिय रुपमा काम गर्न एमाले कार्यकर्ताहरुदलाई आग्रह गरे ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको पार्टी एमाले भएकोले एमाले विना देश विकास असम्भव भएकोले जनतालाई एमालेलाई जिताउने अभियानमा लाग्न जनताका योजना एमालेले पुरा गर्ने बताए । नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले महिला, गरिब दलित जनजातीका लागि एमालेले गरिरहेका काम हाल रोकिएको भन्दै एमालेले मात्र गाउँको विकास गर्न सक्ने उदाहरण २०७४को निर्वाचनपछि गाउँमा भएको विकासले देखाएको र अहिले रोकिएको अवस्थामा एमालेलेमात्र विकास गर्ने बताए ।
सात वडा रहेको गाउँपालिकामा एमालेले अधिवेशनबाट महिला ३३ प्रतिशत, दलित, जनजाती, र युवाहरुको समेत सहभागितामा पार्टी कमिटि गठन गरिएको एमाले धादिङकी सचिव राधिका सापकोटाले जानकार दिइन् । नेकपा एमाले धादिङले नवौं जिल्ला अधिवेशनपछि पालिकाहरुको अधिवेशन थालेको छ ।