Sat. Jul 27th, 2024

अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दूरीको मिसाइलको प्रयोग, रूस लक्षित आक्रमण बढ्दै

काठमाडौँ – रुसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ ।

यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुग्न थालेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक उनीहरुको प्रयोग गरिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन् ।

अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस)मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठूलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।

तर, अहिले बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई गत फेब्रुअरीमा गोप्य रूपमा हरियो संकेत दिएको बताइएको छ । यी क्षेप्यास्त्रले ३०० किलोमिटरको दूरीमा प्रहार गर्न सक्छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: