Sat. Jul 27th, 2024

सन्दीप लामिछानेको मुद्दा चन्द र ज्ञवालीको इजलासमा

काठमाडौं -बलात्कार अभियोगमा दोषी प्रमाणित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको छ । लामिछाने र गौशाला २६ (छ)का तर्फबाट सरकारी वकिलले दायर गरेको मुद्दा सो इजलासमा आइतबार छैटौँ नम्बरमा परेको छ ।

अन्तिम सुनुवाइका निम्ति यही वैशाख १० गते न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा थिए । सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ ९छ०लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ ।

उच्च अदालतले यसअघि पीडित गौशाला २६ (छ)को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पनि गौशाला २६ ९छ०को जन्मदर्ता झिकाउन तीनपटकसम्म आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ (छ)की आमाको समेत जन्मदर्ता झिकाउने आदेश काठमाडौं जिल्ला अदालतबाट भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: