Sat. Jul 27th, 2024

वाइवाइमा चाउचाउमा मिसाइएको रसायन र जरिवानाबारे चौधरी ग्रुप मौन

विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा घातक रसायन भेटिएपछि काठमाडौं महानगरपालिकाले जरिवानास्वरुप दुई लाख रुपैयाँ कारबाही गरेको छ । चाउचाउमा मानिसलाई क्यान्सर हुनसक्ने घातक रसायन भेटिएपछि महानगरले उक्त रकम जरिवाना र ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ ।

महानगरपालिकाले वाइवाइ चाउचाउ गुणस्तर परीक्षणमा फेल भएको पाइएपछि कारबाही गरिएको जनाएको छ । परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अत्यधिक पाइएको थियो । एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चौधरीको चाउचाउमा १३।९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको हो ।

तर, विनोद चौधरीका जेठा छोरा एवम् सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा आफ्नो उत्पादनको एकोहोरो बखान गरेका छन् । उनले विश्वभर लोकप्रिय भएको वाइवाइविरुद्ध नेपालमा प्रोपोगण्डा गरिएको लेखेका छन् । उनको चाउचाउलाई बदनाम गरिएको भनेर लेखेका छन् । तर, दुई लाख रुपैयाँ जरिवाना किन गरिएको ? परीक्षणमा भनिएझैँ एसिडको मात्रा किन बढी राखिएको भन्नेबारे उनी मौन छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: