Sat. Jul 27th, 2024

वेस्ट इन्डिज ए ले दियो नेपाललाई २ सय २८ रनको लक्ष्य

काठमाण्डौ – टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो । वेस्ट इन्डिज ए का ओपनर ब्याटर जोनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपाल र वेस्ट इन्डिज ‘ए’ ले समान एक खेल जितेका छन् । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: