Sat. Jul 27th, 2024

यमबुद्ध र भिटेनको नाम लिंदै बादशाहले भने- नेपाली हिपहप म्युजिक किलर छ

काठमाडौं – बलिउड हिपहप स्टार बादशाहले नेपाली हिपहप संगीतको प्रशंसा गरेका छन् । पछिल्लो एक पडकास्ट एपिसोडमा उनले यमबुद्ध र भिटेनको नामै लिएर प्रशंसा समेत गरे ।

उनले भने, ‘नेपाली म्युजिक किलर छ । त्यहाँको हिपहप दृश्य पनि जबर्जस्त छ । तपाईंले यमबुद्धबारे सुन्नुभएको छ रु उनी र्‍याप गर्थे, उनको निधन भइसकेको छ । अहिले पनि एक(दुई जना छन् । भिटेन पनि एक हुन् । उनीहरु हिपहपकै जीवन बाँचिरहेका छन् ।’

नेपाली हिपहप संस्कृति आफूलाई मनपर्ने बताउँदै बादशाहले पछिल्लो गीतमा आफूले नेपाली ट्यालेन्ट प्रजिनासँग सहकार्य गरेको सुनाए ।

‘त्यसपछि मैले गीतमा नेपाली कलाकार खोजें । मैले हालै नेपालकी प्रजिनासँग सहकार्य गरेको थिएँ । उनले राम्रो काम गरिन् । नेपाली ट्यालेन्टसँग काम गर्न मजा आउँछ,’ उनले भने ।

बादशाहले आफ्नो गीत रिलिज हुँदा सुरुमा नेपाल र बंगलादेशमा ट्रेन्ड गर्ने बताए । ‘त्यसपछि इण्डियामा नम्बर २ मा ट्रेन्ड गर्छ,’ उनले भने ।

उनले नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको बताए । ‘मलाई नेपाल मनपर्छ । यो निकै सुन्दर थलो हो । नेपाल र भारतबीच धेरै कुराको समानता छ । पहाड छ । पहाडसहितको सहरले त्यो याद आउँछ,’ उनले भने ।

About The Author

Loading...

अन्य समाचारहरु: