Sat. Jul 27th, 2024

जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

काठमाण्डौ – जापानका परराष्ट्रमन्त्री योको कामीकावा पर्सि नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा मे ५ तारिख अर्थात् आउँदो आइतवार नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ । भ्रमणका क्रममा कुनै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: