Sat. Jul 27th, 2024

सय रुपैयाँको नोटमा अब लिपुलेक सहितको चुच्चे नक्सा

काठमाडौं – सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै
अहिले चलनचल्तीमा रहेको एक सय रुपैयाँ नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नयाँ नक्सा राखिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार योभन्दा पहिले नेपालको पुरानो नक्सा भएको नोट थियो । अहिले चुच्चे नक्सा आइसकेपछि त्यही नक्सा राखेर नै डिजाइन परिवर्तन गर्ने निर्णय भएको हो ।

तत्कालीन सरकारले २०७७ जेठ मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो । अर्थ मन्त्रालयले बैङ्क नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: