Sat. Jul 27th, 2024

ट्वान्टी–२०: एकै ओभरमा सागरले लिए दुई विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले आठौँ ओभरको पहिलो बलमा जोन्सन चार्ल्सलाई गुमाएको हो । चार्ल्सलाई नेपालका सागर ढकालले ‘कट एन बोल्ड’ गरे । सोही ओभरको तेस्रो बलमा सागरले पाहुना टिमका मार्क डेयललाई आउट गरे । सागरले डेयललाई कप्तान रोहितबाट क्याच गराएका हुन् ।

त्यसअघि सागर ढकालले गरेको १।४ ओभरमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजका कदिम अलेयनेलाई उत्कृष्ट क्याच गर्दै पभेलियनको दिशा देखाएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: