Sat. Jul 27th, 2024

नेपालीको औसत आयु ७१.३० वर्ष, पुरुषभन्दा धेरै बाँच्छन् महिला

काठमाडौं – नेपालीको औसत आयु ७१ वर्ष नाघेको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१।३० वर्ष पुगेको हो ।

कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत आइतबार जनसांख्यिक सूचकहरू र जनसंख्या साक्षरता पुस्तक सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार नेपालीको कुल औसत आयु उल्लेख्य बढेको देखिएको हो ।

कार्यालयका अनुसार नेपालमा पुरुषको तुलनामा महिलाको औसत आयु धेरै देखिएको छ । पछिल्लो जनगणनाले पुरुषको औसत आयु ६८।२ वर्ष र महिलाको औसत आयु ७३।८ वर्ष पुगेको देखिएको छ । नेपालमा औसत आयु उल्लेख्य बढेको छ ।

५० वर्षमा साढे २१ वर्ष बढ्यो आयु

पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको छ । कार्यालयका अनुसार २०३८ सालको जनगणनामा औसत आयु ४९।८ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४।३ वर्ष पुगेको थियो । २०५८ सालमा ६०।४ वर्ष पुगेको थियो । २०६८ सालमा ६६।६ वर्ष पुगेको औसत आयु पछिल्लो जनगणनाले ७१।३ वर्ष पुगेको देखाएको छ । आँकडा अनुसार पछिल्लो १० वर्षमा मात्र ४।७ वर्षले औसत आयु बढेको छ ।

अघिल्लो जनगणनाले पुरुषको औसत आयु ६५।४ वर्ष रहेको देखाएको थियो । महिलाको ६८ वर्ष रहेको देखाएको थियो । यो १० वर्षमा बढेर क्रमशः ६८।२ वर्ष र ७३।८ वर्ष पुगेको छ ।

२०३८ सालमा पुरुषको तुलनामा महिलाको औसत आयु कम थियो । पछिल्लो ५० वर्षमा यस प्रवृत्तिमा व्यापक परिवर्तन आई महिलाको औसत आयु बढी देखिएको छ ।

कुन वर्ष कति थियो नेपालीको औसत आयु

जनगणनाले कर्णाली प्रदेशमा मानिस धेरै वर्ष बाँच्ने गरेको देखाएको छ । यस प्रदेशको औसत आयु ७२।५ वर्ष देखिएको छ । बागमती प्रदेशमा ७२।४ वर्ष देखिएको छ । गण्डकीमा ७२।१ वर्ष छ ।

मधेश प्रदेशको औसत आयु ७१।८ वर्ष छ । सबैभन्दा कम लुम्बिनी प्रदेशका मानिस बाँच्ने गरेको पाइएको छ । यस प्रदेशको औसत आयु ६९।५ वर्ष देखिएको छ । कोसी प्रदेशको ७०।४ वर्ष र सुदूरपश्चिम प्रदेशको ७१।३ वर्ष रहेको देखिएको छ ।

लिंगअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा महिलाको औसत आयु ७५।५ वर्ष रहेको छ । यो प्रदेशमा पुरुषको औसत आयु ६९।२ वर्ष छ । गण्डकी प्रदेशमा महिलाको औसत आयु ७५।४ वर्ष रहँदा पुरुषको औसत आयु ६८।१ वर्ष छ । सबैभन्दा कम लुम्बिनी प्रदेशमा महिलाको औसत आयु ७२।५ वर्ष र पुरुषको ६६।१ वर्ष छ ।

स्वास्थ्य क्षेत्रमा बढेको सरकारको लगानीको प्रतिफल औसत आयुमा देखिएको छ । अर्कातर्फ, विद्यालय शिक्षाले बढाएको स्वास्थ्य सचेतनाले समेत औसत आयु बढाउन भूमिका खेल्ने गर्छ ।

तथ्यांकअनुसार कोरा मृत्युदर ९कुनै निश्चित ठाउँमा एक वर्षभरिमा प्रतिहजार जनसंख्यामा मृत्यु हुने व्यक्तिको संख्या० हरेक जनगणनाले घट्दै गएको देखाएको छ । २०३८ सालमा १३।५ जना रहेको कोरा मृत्युदर २०७८ सालमा आएर ६।८ जनामा झरेको छ ।

शिशु मृत्युदरको तथ्यांक केलाउँदा प्रतिहजार जीवित जन्ममा एक वर्ष उमेर नपुग्दै मुत्यु हुने शिशु संख्या १७ छ । यसमा मृत्युदर छोरीको तुलनामा छोराको बढी देखिन्छ । छोराको प्रतिहजार मृत्युदर १९ रहँदा छोरीको १५ रहेको देखिएको छ ।

शिशु मृत्युदरमा समेत पछिल्ला वर्ष ठूलो कमी आएको देखिन्छ । प्रतिहजार जीवित जन्मेका शिशुमध्ये २०३८ सालमा औसत १ सय १७ जनाको मृत्यु हुने गरेकोमा २०७८ सालको जनगणनाले १७ जनाको मात्र मृत्यु हुने गरेको देखाउँछ ।

कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार महिलाको तुलनामा पुरुषको आयु कम हुनुमा पछिल्लो दशकमा नेपालले भोग्नुपरेका प्राकृतिक तथा कोरोना महामारीको मृत्युदर पुरुषको बढी हुनु, दुर्घटनामा बढी पुरुष परेको देखिनु, मदिरा र लागूऔषध सेवनको मारमा पुरुष बढी देखिनु तथा विदेश जाने संख्यामा पुरुष बढी हुँदा कार्यक्षेत्रमा हुने दुर्घटनाले समेत पुरुषको मृत्युदर बढी देखाएको छ ।

जन्मेदेखि नै शिशु र बाल मृत्युदरमा छोरीको तुलनामा छोराको मृत्युदर बढी देखिन्छ । यसको प्रभाव औसत आयुमै देखिने उनले बताए ।

औसत आयु बढ्नुमा भने स्वास्थ्य प्रणालीमा भएको सुधारदेखि बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेल्ने उनी बताउँछन् ।

सरसफाइ र खानेपानीमा गुणस्तर सुधार हुँदा पनि समग्रमा आयुमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन् । कर्णाली प्रदेशमा सबैभन्दा बढी औसत आयु देखिनुमा समग्र महिलाको आयु धेरै हुनु, स्वास्थ्य सचेतना र सरकारको प्राथमिकता समेत कर्णालीमा केन्द्रित हुँदा त्यसको प्रभाव देखिने उनी बताउँछन् ।
साभार /आनलाईन खबर

About The Author

Loading...

अन्य समाचारहरु: