काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे एल्डरशटमा रहेको ईबीबी स्टेडियममा हुनेछ ।
यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले गोलरहित बराबरी खेलेको थियो । एल्डरशटमा रहेको मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।
दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड गएको हो ।