Sat. Jul 27th, 2024

आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल

काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् । मंगलबारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को अवसरमा बोल्दै उनले नेपाली वस्तुको उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएको भए पनि हालसम्म उक्त व्यवस्था लागु हुन नसकेको बताए ।

उनले सरकारले स्वदेशी वस्तुको पहिचानको लागि एक वेब पोर्टलको निर्माण गरी नेपाल उद्योग परिसंघले सञ्चालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पूरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरुसमेत सो पोर्टलमा समावेश गर्ने व्यवस्था कायम गर्नुपर्ने बताए ।

उनले पोर्टलमै वस्तुको मूल्य, परिमाण र सोको गुणस्तर समेत उल्लेख हुने व्यवस्था कायम गर्नुपर्ने बताए । पोर्टलमा उपलब्ध रहेका स्वदेशी वस्तुहरू नै खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था कामय गर्न आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

“नेपाली वस्तुको उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएको भए पनि आजसम्म त्यो व्यवस्था लागु हुन सकेको छैन । आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनुपर्छ । यसका लागि नेपाल सरकारले स्वदेशी वस्तुको पहिचानको लागि एक वेब पोर्टलको निर्माण गर्नुपर्छ । नेपाल उद्योग परिसंघले सञ्चालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पूरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरुसमेत सो पोर्टलमा समावेश गर्ने व्यवस्था कायम गर्नुपर्छ । पोर्टलमै वस्तुको मूल्य, परिमाण र सोको गुणस्तरसमेत उल्लेख हुने व्यवस्था कायम गर्नुपर्छ । सो पोर्टलमा उपलब्ध रहेका स्वदेशी वस्तुहरू नै खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था कामय गर्न आवश्यक छ,” उनले भने ।

अध्यक्ष अग्रवालले नयाँ आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक थरिका करलाई एकीकृत गर्दै सीमित प्रकारका करहरू आयकर, भन्सार, अन्तःशुल्क तथा मूल्यअभिवृद्धि कर मात्र रहने गरी व्यवस्था कायम गर्न परिसंघले आग्रह गरेको बताए ।
उनले मूल्य अभिवृद्धि करको बहुदर बनाइ यस करमा आवद्ध हुनुपर्ने न्युनतम कारोबारको सीमालाई समेत कम गरी सबै करदातालाई करमा आवद्ध गर्न आवश्यक रहेको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: