Sat. Jul 27th, 2024

नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपिषद्को बैठकले आवश्यक प्रक्रिया पूरा गरेर टेलिकमलाई लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

नेपाल टेलिकमको मोबाइल सेवाको २५ वर्षे लाइसेन्सको अवधि भोलि सकिँदै छ । त्यसअघि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

लाइसेन्सको शुल्क कति लिने, अवधि कति हुनेलगायतका सबै विषय दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरण आफैँले तय गर्नेछ ।

मन्त्रिपरिषद्को निर्देशनपछि प्राधिकरण आफैँले कानुनी व्यवस्थाअनुसार टेलिकमलाई दिने लाइसेन्सको बाँकी काम गर्नेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: