Sat. Jul 27th, 2024

ईपीएस दोस्रो चरणको सीप परीक्षणमा पाँच हजार ७ सय ५३ जना पास

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कार्यालयले वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण अर्थात स्किल टेष्टको नतिजा सार्वजनिक गरेको हो ।

कार्यालयकाअनुसार दोस्रो चरणको लागि छनोट भएका छ हजार ३ सय २१ जनामध्ये पाँच हजार ७ सय ५३ जना पास भएका छन् । ४ सय ९८ जना फेल भएका र ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ । सीप परीक्षणमा पास भएकाहरुको दक्षिण कोरियामा ईपीएस अन्तर्गतको रोष्टरमा सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम दर्ता गरिने कार्यालयले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: