Sat. Jul 27th, 2024

संसदीय छानबिन समिति बनाए हुन्छ : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरण छानबिका लागि संसदीय समिति गठन गरे पनि आफूलाई संसदमा बोल्न दिनुपर्ने माग गरेका छन् ।

चितवनस्थित भरतपुर विमानस्थलमा बोल्दै उहाँले नेपाली काँग्रेसलाई आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनको भनाई छ, ‘छानबिन समिति बनाए पनि हुन्छ, तर संसदमा बोल्न पाउनुपर्छ ।’ हिजोदेखि शुरु भएको संसदको हिउँदे अधिवेशनको प्रारम्भमा समिति गठनको माग गर्दै नेपाली काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

काँग्रेस महामन्त्री तथा सांसद गगन थापाले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएका प्रमाण आफूसँग रहेको बताएका थिए । काँग्रेसले हिउँदे अधिवेशनमा पनि छानबिन समिति गठनको माग राख्दै संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।

गृहमन्त्री लामिछानेले आफूले सहकारीबाट कुनै ऋण नलिएको दाबी गर्दै आएका छन् । उनले हिजो सामाजिक सञ्जालमा लेख्दै ऋण लिएको कागजातमा देखिए पनि सो क्रममा आफू प्रत्यक्ष रुपमा उपस्थित नरहेको जिकीर गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: