Sat. Jul 27th, 2024

नेपाली विदेश पढ्न जाँदा नौ महिनामा एक खर्ब बाहिरियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो नौ महिनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा करिब एक खर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार उक्त अवधिमा नेपाली पढ्नको लागि विदेश जाँदा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिना अर्थात २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ देशबाट बाहिरिएको छ ।

“समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२।५ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ रहेको छ,” राष्ट्र बैंकले भनेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९र०८० को सोही अवधिमा नेपाली जाँदा एक खर्ब ५४ करोड रुपैयाँ बाहिरिएको थियो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाली विद्यार्थी पढ्नको लागि विदेश जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट देशले ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यस्तो आम्दानी ४० प्रतिशतले वृद्धि भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: