Mon. Jan 13th, 2025

नेकपा एमाले रुवीभ्यालीको अध्यक्षमा नरमान तामाङ निर्वाचित


धादिङ- नेकपा एमाले रुवीभ्याली गाउँपालिका कमिटिको अध्यक्षमा नरमान तामाङ निर्वाचित भएका छन् ।

आइतबार सेर्तुङमा सम्पन्न दोस्रो अधिवेशनबाट तामाङ निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले यसअधि उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

३१ सदस्यीय रुवीभ्याली गाउँपालिका कमिटिको उपाध्यक्षमा लापा कपुरगाउँका उपाध्यक्ष निर्मल तामाङ, सचिवमा सेर्तुङका मुल बहादुर तामाङ र  उपसचिवमा तिप्लिङका राम घलेलाई सर्वसम्मत चयन गरेको छ ।

नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ । यहि अभियान अन्तर्गत नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, मिनराज कँडेल, राम प्रसाद अधिकारी, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटिका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् । जिल्लाका १३ पालिका मध्ये नौं वटा पालिकाको अधिवेशन सकिसकेको छ ।

About The Author

अन्य समाचारहरु: