Sat. Jul 27th, 2024

बैंकमा पैसा थुप्रिएपछि जेठका लागि ब्याजदर घट्यो

काठमाडौं -वाणिज्य बैंकहरूले जेठका लागि ब्याजदर घटाएका छन् । आज (सोमबार) सार्वजनिक गरेको सूचनाअनुसार १० वाणिज्य बैंकले वैशाखको तुलनामा जेठका लागि ब्याजदर घटाएका छन् ।

औसतमा वैशाख महिनाको तुलनामा २० वाणिज्य बैंकले दिने निक्षेपको ब्याजदर ०।०९८ प्रतिशतले घटेको छ । वैशाखमा २० वाणिज्य बैंकको औसत ब्याजदर ७।०७१ प्रतिशत थियो । जेठमा औसत ब्याज ६।९७३ प्रतिशतले छ ।

यसरी ब्याज घटाउनेमा एभरेष्ट, नबिल, सिटिजन्स, कुमारी, सिद्धार्थ, सानिमा, एनएमबी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई र प्राइम कमर्सियल बैंक हुन् । बाँकी तीन वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ६ वाणिज्य बैंकले ब्याज स्थिर राखेका छन् ।

बैंकहरूमा पर्याप्त पैसा भएपछि बैंकहरूले निक्षेपको ब्याज घटाएका छन् । तर, प्रभु र ग्लोबल आईएमई बैंकले भने ०।५ प्रतिशत विन्दुले निक्षेपको ब्याजदर बढाएका छन् । एनआईसी एसिया बैंकले ०।०५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

ब्याजदर स्थिर राख्नेमा नेपाल बैंक, कृषि विकास, लक्ष्मी सन्राइज, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् ।

अहिले बैंकहरूमा पैसा पर्याप्त भएकाले पनि ब्याजदर निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० साढे ८० प्रतिशतसम्म झरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: