Sat. Jul 27th, 2024

इडीसी शिक्षा सुधारमा शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौँ -नेपालमा पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक सुधार उल्लेख्य रुपमा भएको छ । निजी विद्यालयहरुलाई माथ गर्ने गरी सामुदायिक विद्यालयको शिक्षा सुधार भए पनि इसीडी शिक्षामा भने अझै पनि सुधार हुन सकेको छैन ।

त्यसैले अधिकांश अभिभावकहरु आफ्ना प्राइमरी लेबलमा भने बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा राख्न हिच्किचाउने गरेका छन् । ‘इसीडी शिक्षामा सुधार’ को माग राख्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं ५ दिनदेखि काठमाडौंको माइतीघरमा प्रदशर्न गरिरहेका छन् । उनको मागप्रति शिक्षामन्त्रीको बुझाई कस्तो छ त ?

‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं ५ दिनदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् । मावि तहमा सामुदायिक विद्यालयहरुको शिक्षामा उल्लेख्य सुधार आए पनि आधारभूत तहमा भने अझै पनि सुधार आउन सकेको छैन ।

त्यसैले अभिभावकहरुले आफ्ना बालबच्चालाई आधारभूत तहमा सामुदायिक विद्यालयमा ढुक्कले भर्ना गर्न सकेका छैनन् । केही सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्याममा कक्षा सञ्चालन गरे आधारभूत तहमा सुधार ल्याउन सकेका छैनन् । बालबालिकाको जग भनेकै आधारभूत शिक्षा हो, तर आधारभूत तहमै सुधार नआएपछि सामुदायिक विद्यालयको नतिजामा सुधार आउन नसक्ने निश्चित छ । यहि माग राख्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं पाँच दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

शिक्षा सुधारको माग गर्दै प्रदर्शनमा उत्रिएको पाँचौं दिन भने शिक्षामन्त्री सुमना श्रेष्ठ प्रदर्शनीस्थलमै पुगेर आफ्नो ध्यानाकर्षण भएको जनाइन् । यो विषय आफूले पनि उठाएको उनको भनाई छ । साथै उनले अटिजम काउन्सिलरहरुको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको पनि जानकारी दिएकी छन् । अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको उनको भनाई छ ।

About The Author

Loading...

अन्य समाचारहरु: