Sat. Jul 27th, 2024

सङ्खुवासभामा चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरे

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएको शनिवार रातको समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए ।

सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेका जानकारी दिनुभयो । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकै ठाउँ मरेको भेटिएको उनले बताए । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: