Sat. Jul 27th, 2024

ताइवानमा नयाँ राष्ट्रपतिको कार्यकाल शुरु, धम्की नदिन चीनलाई चेतावनी

ताइवानमा नवनिर्वाचित राष्ट्रपति विलियम लाईले आफ्नो कार्यभार सम्हालेका छन् । गएको जनवरी महिनाको दोस्रो हप्ता राष्ट्रपति पदमा निर्वाचित लाईले आज कार्यभार सम्हाल्नुभएको बीबीसीले जनाएको छ ।

कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उनले ताइवानलाई सैनिक र राजनीतिक धम्की नदिन चीनलाई चेतावनी दिए। उनले ताइवानी नागरिकको अभिमतलाई चीनले सम्मान गर्नुपर्ने बताए । लाईले मध्य ताइपेईमा रहेको राष्ट्रपति कार्यालयबाहिर जम्मा भएको भीडलाई सम्बोधन गरेका हुन् ।

यसअघि उपराष्ट्रपति रहेका विलियमलाई ताइवान स्वतन्त्रता पक्षधर नेता मानिन्छ । यसअघि निर्वाचित भएको दिन समर्थकलाई सम्बोधन गर्दै उनले नागरिकले बाह्य दबाबको सफलतापूर्वक प्रतिरोध गरेको बताएका थिए

चीनले ताइवानलाई लामो समयदेखि आफूबाट छुट्टिएको प्रान्तका रूपमा हेर्ने गर्दछ । उसले ताइवानलाई कुनै पनि बेला आफूमा पुनः एकीकरण गरी छाड्ने दृढता व्यक्त गर्दै आएको छ । ताइवान मुद्दालाई लिएर चीन र अमेरिकाबीच पनि सम्बन्ध चिसिएको छ । अमेरिकाले ताइवानलाई भने सैन्य सहायता दिँदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: