Mon. Oct 28th, 2024

सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम तोकेरै छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान यथावत् राख्ने निर्णय गरेको छ ।
आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को को हुन् भन्ने पनि उल्लेख नगरी छानबिन अगाडी बढ्न सक्दैन भन्ने हाम्रो अहिलेसम्मको अडान यथावत् छ ।’

तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन ।
कांग्रेस सहमहामन्त्री परियारले भने, ‘अहिले सत्तारुढ दलका साथीहरु यति चलाखीपूर्ण कुरा गरिरहनु भएको छ कि, कुनै पनि सहकारीबाट पैसा लिंदाखेरी नियमसम्मत लियो कि लिएन र त्यो कम्पनीमात्र जवाफदेही हुने कुरा हो । कम्पनीका सन्चालक जवाफदेही हुने कुरा हो भन्ने ढंगले उहाँहरु प्रस्तुत हुनुभएको छ । त्यस कुराले समस्याको समाधान निस्किंदैन । कांग्रेस पार्टी स्पष्ट छ

About The Author

अन्य समाचारहरु: