Mon. Oct 28th, 2024

काठमाडौंका मेयरविरुद्ध वडाध्यक्षको नेतृत्वमा नाराबाजी

काठमाडौंको नयाँ सडक र विशाल बजार वरपरको फुटपाथ बिस्तारको विरोध गर्दै वडा नम्बर २२ का वडाध्यक्ष बिहानैदेखि जुद्ध शालिकमा उभिएका छन् । वडाध्यक्ष चिनिकाजी मर्हजनको नेतृत्वमा करिब पाँच दर्जन स्थानीयबासीले फुटपाट बिस्तारको विरोध गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्षसँगै २२ वडा सदस्य अनिल हाडा पनि नाराबाजी र प्रदर्शनमा सहभागी भएका हुन् । फुटपाथ बिस्तारका लागि सो क्षेत्रमा महानगर प्रहरी बलको एसएसपी राजुनाथ पाण्डेको नेतृत्वमा झण्डै एक सय जना नगर प्रहरी तैनाथ गरिएको छ ।

About The Author

अन्य समाचारहरु: