Mon. Oct 28th, 2024

भारतमा लोकसभा चुनावअन्तर्गत अन्तिम चरणको मतदान

भारतमा लोकसभा चुनावअन्तर्गत आज सातौं एवम् अन्तिम चरणको मतदान भएको छ । आज आठ वटा राज्य तथा केन्द्र शासित प्रदेशका ५७ सिटमा लोकसभा सदस्य चुन्न मतदान भएको हो । आज बिहारका आठ, हिमाचल प्रदेशका चार, झारखण्डका तीन, ओडिशाका ६, पञ्जाबका १३, उत्तर प्रदेशका १३, पश्चिम बंगालका नौ र चण्डीगढको एक सिट मतदान भएको हो ।

आज भएको मतदानका लागि योग्य मतदाताको सङ्ख्या १० करोड ६० लाख जना रहेको थियो । आज प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ । गएको अप्रिल १९ तारिखदेखि मतदान शुरु भएको थियो । सबै मतदान पूरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: