Sat. Jul 27th, 2024

एमाले नेत्रावती डवजोङ-१ को अध्यक्षमा रमेश कंडेल निर्वाचित

धादिङ-नेपाल कम्युनिष्ट पार्टी एमाले नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ को वडा कमिटी अध्यक्षमा रमेश कँडेल निर्वाचित भएका छन् ।

वडा कमिटीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले कँडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, सचिव ललिता नेपाल, उपसचिव पम्फा सिटौला निर्वाचित भएका छन् ।

१९ सदस्यीय वडा कमिटीको सदस्यहरुमा रत्न बहादुर गुरुङ, रोम बहादुर घले, सन्दिप मगर, ओम बहादुर अधिकारी, पुर्ण बहादुर सेवा, होम बहादुर घले, राम बहादुर घले, चन्द्र बहादुर घले, लक्ष्मी सिंह अधिकारी, सबिता अधिकारी, कुमार गुरुङ र पार्वती सिंखडा रहेका छन् ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् नेत्रावती डबजोङ गाउँपालिकाका इन्चार्ज भरत ढुंगाना, नेत्रावती डवजोङ गाउँपालिकाका कमिटीका अध्यक्ष दुर्गा कुमार शाक्यलगायतका नेताहरुले आगामी निर्वाचनमा नेत्रावतीका सबै वडामा एमाले पहिलो पार्टी बन्ने र अघिल्लो पटक निर्वाचित एमालेका जनप्रतिनिधिले थालेका विकासका कामले पुर्णता पाउने बताए । हाल निर्वाचित वडा तथा पालिका कमिटीले संगठनलाई सुदृढ बनाउन नेतृत्वदायी भुमिका खेल्ने पनि विश्वास व्यक्त गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: