Wed. Jun 12th, 2024

टी–२० विश्वकप :आज क्यानडा र आयरल्याण्ड खेल्दै

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र अमेरिका दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् ।

क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो । दुवै देशबीच अहिलेसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: