Sat. Jul 27th, 2024

वेष्टइन्डिजको लगातार दोस्रो जित

काठमाडौं – टी–२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गरेको छ । प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई सस्तैमा समेट्दै १३४ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।

वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो । युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कसैले दोहोरो अंक जोड्ने मौका नै पाएनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेष्टइन्डिजका अकिल हुसैनले एक्लै ५ विकेट लिए । यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।

वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२-२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।

About The Author

Loading...

अन्य समाचारहरु: