Sat. Jul 27th, 2024

लाइभ दोहोरीमा विकृति मौलाएकोबारे राजु परियार : ‘आफ्नो सेन्सर आफैं गर्नुस्’

काठमाडौं– लोक तथा दोहोरी गायक राजु परियारले लोकदोहोरी संगीत क्षेत्रमा पछिल्लो समय मौलाएको भनिएको विकृति र विसंगतिबारे प्रतिक्रिया दिएका छन् । उनले नेपाली समाज अनुकूलको गीत(संगीत पस्किन आग्रह गरे ।

एक अवार्ड समारोहको क्रममा मिडियासँग कुराकानी गर्दै उनले आफ्ना गीतको सेन्सर आफैं गर्न सुझाव दिए ।उनले भने, ‘बुढेसकालमा मेरो नाति र नातिनीसँग बसेर सुन्न लायक बन्छ कि बन्दैन अहिले गाएका गीतहरु भन्ने कुरा यसको अर्थ आफ्नो सेन्सर आफैं हो ।’उनले गीत गाउनुपूर्व परिवार र समाजको बारेमा पनि सोच्न आग्रह गरे । ‘मेरो छिमेकी छन् । मेरो आमाबुबाले सुन्नुहुन्छ । आफन्त र नातेदारले सुन्नुहुन्छ । स्वयं म आफैंले पनि परिवारसँग बसेर सुन्नुपर्छ भन्ने कुरा ख्याल राखेमा त्यो आफैं सेन्सर भएर जान्छ भन्ने कुरामा दुईमत छैन,’ उनले भने ।

‘आफू त्यो बाटोमा छु, छैन भन्ने कुरा आफैंले मनन् गर्ने कुरा हो । यो उस्तो, ऊ उस्तो भनेर मैले दोषारोपण गर्नुभन्दा पनि म मेरो नातिनीसँग बसेर त्यो गीत सुन्न पाऊँ । यति मात्र कल्पना गर्छु,’ उनले भने ।सबैभन्दा प्रमुख सेन्सर स्वयं आफैं हुने उनको भनाइ छ । ‘आफैंले नै यसलाई दायरा बनाउने हो । संस्थागत निर्णय संस्थामा बस्ने साथीलाई थाहा होला । क्षेत्रलाई धमिल्याउने काम कतैबाट नहोस् । सङ्लो पानीमा जाऔं । पानीको आखिरी रुप भनेको सङ्लिनु नै हो,’ उनले भने ।

उनले अहिले अमर्यादित र अभद्र गीत गाउने गायक(गायिका एक दिन सही मार्गमा आउने आशा व्यक्त गरे । ‘एक दिन उहाँहरु सही मार्गमा आउनुहुन्छ भन्ने आशा गरौं,’ उनले भने, ‘सङ्लो पानीको परिकल्पना गरौं, सबैले पिउन मिल्ने पानी होस् ।’

About The Author

Loading...

अन्य समाचारहरु: