Mon. Oct 28th, 2024

कर्णाली पुलमा फसेर मरेका खच्चडको मालिकलाई क्षतिपूर्तिको माग

काठमाडौं – नेपाली कांग्रेसका सांसद सीताकुमारी रानाले कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर सांसद रानाले पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेका हुन् । यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो ।

पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।’

About The Author

अन्य समाचारहरु: