Mon. Oct 28th, 2024

शिक्षामन्त्री सुमनाको विरुद्धमा देवेन्द्र पौडेल

काठमाडौँ -शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिबाट टाढा गराउने भन्दै कारबाही गर्ने चेतावनीसहित काम गरिरहेकी छन् । सम्बन्धित निकायबाट सुमनाले शिक्षकबारे विवरण मागिरहेकाबेला माओवादी केन्द्रका सांसद समेत रहेका पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले भने शिक्षकको डीएनए परीक्षण गर्न नहुने भन्दै छुट्टै सुझाव दिएका छन् ।

शिक्षकले राजनीति गर्दा शैक्षिक गुणस्तर कायम गर्न नसकिएको गुनासो व्याप्त छ । शिक्षकहरु राजनीतिक दलमा सक्रिय कार्यकर्ता बन्ने र उनीहरुले विद्यालयभन्दा दलका कार्यालयमा बढि समय दिने गरेको गुनासोपछि शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलमा आबद्धताविहीन बनाउने घोषणा गरेअनुसार कारबाहि गर्ने प्रक्रिया अघि बढेको छ ।

शिक्षकले राजनीति गर्न हुन्न । विद्यालय हाताभित्र कर्मठ बन्नुपर्छ भन्ने मान्यताका साथ यो योजना सार्वजनिक गरिएको दाबी गरिए पनि पुर्वशिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । शिक्षकलाई खुशी बनाउने गरि काम गर्नुपर्ने भन्दै उनीहरुलाई राजनीतिबाहिर ल्याउँँछु भन्दै चालिने कदमले शैक्षिक वातावरण बन्न नसक्ने टिप्पणी गरेका छन् । उनले शिक्षकको डीएनए परीक्षण गर्न नहुने भनी मन्त्री श्रेष्ठप्रति ब्यङग्य गरेकी छन् ।

कतिपय सांसदहरुले भने शिक्षामन्त्रीको कामको प्रशंसा गरेका छन् । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षामन्त्रीलाई काम गर्न दिनुपर्ने धारणा राखे ।प्रतिनिधिसभामा शिक्षकलाई राजनीतिमा सहभागी हुन दिने नदिने विषयमा केन्द्रिकृत बहस नभएपनि शिक्षकलाई राजनीतिक दलमा संलग्न हुन नदिने निर्णयको स्वागत भने गरिएको देखिन्छ ।

About The Author

अन्य समाचारहरु: