Mon. Oct 28th, 2024

जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध निर्वाचित

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उपेन्द्र पुनः अध्यक्ष चयन भएका हुन् । उनी पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका छन् ।

अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी रहेको जसपा नेता मनिष सुमनले बताए । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

About The Author

अन्य समाचारहरु: