Mon. Oct 28th, 2024

शेयर बजार आज पनि सामन्य बढ्यो, ५ अर्ब ८९ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १ सय २१ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज होटल, हाइड्रोपावर, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधाना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सत्रपत्री हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १२ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ५ अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ ।

About The Author

अन्य समाचारहरु: