Sat. Jul 27th, 2024

पराजुलीको ‘तिब्बत यात्रा’ पुस्तक लोकार्पण

Book release
काठमाडौँ -शताब्दी पुरुष, संस्कृतिविद सत्यमोहन जोशीले राजधानीमा एक समारोह बिच विष्णुप्रसाद शर्मा पराजुलीद्धारा लिखित ‘ तिब्बत यात्रा ’ पुस्तकको लोकार्पण गरेका छन् ।

प्रमुख अतिथि जोशीले ‘ दशौं सताब्दीको तिब्बतको गुगे राज्यबारे लेखकले विस्तृत जानकारी दिएकोले ईतिहासको खोजमा नयां कुरा थपिन आएको छ । यसबाट नेपालको सिन्जा राज्यको चौधौं शताब्दीसम्मको प्राप्त ईतिहासभन्दा ४ सय वर्ष पछाडिसम्मको ईतिहासको प्रसङग उठेकाले त्यसबारे अध्ययन र इतिहास खोज्न पुस्तकले घचघचाएको छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगा उप्रेतीले ‘ यो यात्रा संस्मरण निवन्ध विधाको एउटा कृति मात्र नभएर तिब्बतको

समग्रतालाई चिनाउने एक आधिकारिक दस्तावेज भएको बताए । सोहि अवसरमा साहित्यकार रोचक घिमिरेले ‘यात्रा मार्गका हिमाल, पहाड, नदी, वन, वनौषधि, भूगोल, दरिद्रता, अविकास, सस्कृति, सभ्यता, जनजीवन आदि कुराको निश्छल र यथार्थ बयान यहाँ पढन पाइने र यसमा मनोहर प्राकृतिक दृश्य भएका तस्वीरले पाठकलाई प्रकृतिको अनुपम सौन्दर्य देखाएर मन्त्रमुग्घ पार्ने बताए ।

लेखक एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले ‘ यो कृतिले एक्काईसौं शताब्दीमा उभिएका हामीलाई प्राकृतिक रोमाञ्चकताको अनुभवसंगै १० औं शताब्दीको अवस्थासंग घुमाउन सफल भएको छ’ भन्दै लेखकलाई धन्यवाद दिए । त्यसैगरि अर्का साहित्यकार एवं पत्रकार प्रमोद प्रधानले ‘ पुस्तक तिब्बत यात्राले’ नियात्रा लेखनमा नयांपन ल्याएको भन्दै ‘पुस्तक सस्कृति, इतिहास र प्राकृतिक सुन्दरतालाई जोडेर पाठकलाई यात्रा गराउन सफल भएको’ जानकारी दिए । सो अवसरमा लेखक पराजुलीले पुस्तकमा हुम्ला यारी, तिब्बततर्फ गुगे, कैलाश पर्वत र मानसरोवर, ल्हासा, सिगात्से, सगरमाथा आधार शिविरलाई समेटेको जानकारी दिदै पुस्तक लेखनको अनुभव सुनाएका थिए । कार्यव्रmम भुँडीपुराणका निर्देशक केशव पराजुलीको अध्यक्षतामा भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: