Mon. Oct 28th, 2024

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको नवौँ स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी-२० अलराउन्डर वरीयताको नवौँ स्थानमा उक्लिएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-२० अलराउन्डरको वरीयतामा दीपेन्द्र नवौँ स्थानमा उक्लिन सफल भएका हुन् । आईसीसीको वरीयताको उच्च स्थानमा पुग्ने ऐरी पहिलो नेपाली खेलाडी हुन् । नवौँ स्थानमा रहेका दीपेन्द्र अलराउन्डरतर्फ १ सय ५२ रेटिङ पाएका छन् ।

यसअघि दीपेन्द्र आईसीसीको टी-२० वरीयताको १० औंँ स्थानमा थिए । आईसीसीको टी(२० अलराउन्डरको वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् । बंगलादेशका साकिब अल हसन दोस्रो रहँदा इंग्ल्याण्डका मोइन अली वरीयताको तेस्रो स्थानमा छन् । यसैगरी अष्ट्रेलियाका ग्लेन म्याक्सवेल चौथो स्थानमा छन् भने इंग्ल्याण्डका लियाम लिभिङस्टोन पाँचौँ वरीयतामा छन् ।

About The Author

अन्य समाचारहरु: