Mon. Oct 28th, 2024

कार्यपालिका बैठकको माइनुट च्यातेर त्रिपुरासुन्दरी गाउँपालिकामा वडा अध्यक्षको दादागिरी

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष सुवाष अधिकारीले  कार्यपालिकाकै बैठकको माइनुट च्यातेका छन् । मंगलबार   कार्यपालिका बैठकमा बबण्डर मच्चाउदै बैठक  बहिस्कार गरेका अधिकारीले  निर्णय पुस्तिका अध्ययन गर्ने भन्दै मागेर च्यात्तिएका छन् ।

गाउँ शिक्षा समितिको निर्णय हेर्ने बहाना गर्दै कर्मचारीहरुसंग दादागिरी शैलीमा जवर्जस्त निर्णय पुस्तिका खोसेर वडाध्यक्ष अधिकारीले गत शुक्रबारकाे गाउँ शिक्षा समिति र मंगलबारकाे गाउँ कार्यपालिकाकाे निर्णय पुस्तिका च्यातिदिएका हुन् ।

गहन छलफल गर्दै महत्वपुर्ण निर्णय लेखिएकाे निर्णय पुस्तिका कार्यपालिकाका जिम्मेवार व्यक्तिबाटै च्यातिएपछि वडाध्यक्ष अधिकारीकाे कार्यशैलिप्रती गाउँपालिकाले एक विक्षप्ति मार्फत खेद व्यक्त गरेकाे छ ।

गाउँपालिकाका प्रवक्ता कुशबहादुर शिटाैलाद्वारा जारी गरिएकाे विज्ञप्तिमा जनप्रतिनिधि जस्ताे जिम्मेवार व्यक्तिबाट यस्ताे घृणित कार्य हुनुलाई दुःखद भन्दै खेद व्यक्त गरिएकाे छ । अधिकारी माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

About The Author

अन्य समाचारहरु: