Mon. Oct 28th, 2024

कुडुलेफाँटका स्थानीयले बनाए थोपाल खोला माथि फड्के

धादिङ -नीलकण्ठ नगरपालिका वडा नम्बर ३ कुडुलेफाँट स्थित थोपल खोला वारपार गर्न स्थानिय किसानहरुले फड्के निर्माण गरेका छन् ।

खेतमा काम गर्न जानआउन सहज बनाउनको लागि बास र सिमेन्टीको पिलर प्रयोग गरेर किसानहरुले अस्थायी पुल निर्माण गरेका हुन् । झोलुङगे पुल तरेर वारपार गर्ने आधा घण्टा सम्म लाग्ने तर फड्केबाट एक मिनेटमै खोला तर्न सकिने भएकोले सहजताको लागि फड्के निर्माण गरिएको हो ।

स्थानीय शेर बहादुर तामाङ र शान्त बहादुर तिमल्सेनाले व्यक्तिगत खर्चमा फड्के निर्माण गरेको दिपक अधिकारीले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: