Mon. Oct 28th, 2024

देशको तेस्रो ठूलो हेटौँडा सबस्टेशनको उद्घाटन

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौँडा सबस्टेशन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्मित सबस्टेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी बाँकी भएको वर्षायामको झन्डै ४० मेगावाट बिजुली बङ्ग्लादेशतर्फ निर्यात गर्न अब छिट्टै तीन देशका विद्युत् व्यापारमा सङ्लग्न निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने र त्यसपछि नेपालको बिजुली बङ्ग्लादेश निर्यात शुरु हुने बताए।
बङ्ग्लादेशमा बिजुली निर्यात शुरु हुने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्त्वपूर्ण हुने उहाँले उल्लेख गरे।

ग्यास इन्सुलेटेड प्रणाली ९जीआईएस० प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेशन निर्माण सम्पन्न गरी गएको शुक्रवारदेखि सञ्चालनमा आइसकेको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२र११ केभी क्षमताका सबस्टेशन निर्माण सम्पन्न गरी गएको शुक्रवारदेखि नै चार्ज गरिएका छन् । जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर देशकै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेशन हो ।

हेटौँडा सबस्टेशनको निर्माण सम्पन्न भएसँगै झन्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रूपमा बिजुली आपूर्ति थप सुदृढ हुने र भारतसँगको बिजुली व्यापार थप विस्तार हुनेछ ।

About The Author

अन्य समाचारहरु: