Mon. Oct 28th, 2024

वाणिज्य बैंकहरूले घटाए ब्याजदर

काठमाडौं– आगामी असारको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।

नयाँ सार्वजनिक ब्याजदरअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये ३ बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । यस्तै ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् । बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६।८६ प्रतिशत कायम भएको छ ।

जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६।९९ प्रतिशत थियो । यसरी जेठ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०।१३ प्रतिशतविन्दुले घटेको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५।६५ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०।१४ प्रतिशतविन्दुले कम हो । जेठ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५।७९ प्रतिशत थियो ।

About The Author

अन्य समाचारहरु: