Mon. Oct 28th, 2024

‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हट्यो, ‘गाउँ आएको बाटो’ दोस्रो सातामा

काठमाडौं – साम्राज्ञी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हटेको छ । कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरुले दोस्रो शुक्रबारदेखि फिल्मको शो हटाएका छन् ।

सन्तोषजनक शो पाएको फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन । साम्राज्ञीको फिल्म करिअरमा ‘ह्यारीकी प्यारी’पछि ‘लण्डन टु पेरिस’को यो नतिजा स्तब्ध पार्ने अर्को घटना हो ।

कम्तीमा उनको स्टारको छविले दर्शकलाई हलसम्म तान्न सक्ने अपेक्षा गरिएको थियो । ग्रामीण कथावस्तुमा फिल्म बनाउँदै आएका निर्देशक घनश्याम लामिछानेले यो फिल्मबाट डायस्पोराको कथालाई भन्ने प्रयास गरेका थिए ।

साम्राज्ञीको करिअरमा ड्रिम्स, ए मेरो हजुर २, इन्टुमिन्टु लण्डनमा, रातो टीका निधारमा र नांगो गाउँ चलेका फिल्म हुन् । तर उनका अन्य फिल्मले बक्स अफिसमा आफूलाई स्थापित गर्न सकेनन् ।

About The Author

अन्य समाचारहरु: