Mon. Oct 28th, 2024

पशुपतिनाथ मन्दिरको ढोकामा नयाँ नियम

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहानैदेखि खोलिएको छ । मन्दिरमा बिहानको समयमा दशनार्थीहरुको संख्या बढ्दै गएकाले बिहान ४ बजेदेखि चारवटै ढोका खोल्न थालिएको बताइएको छ ।

पशुपतिमा यसअघि भट्टहरु मन्दिरभित्र प्रवेश गरेपछि बिहान साढे ९ बजेपछि मात्रै पूर्व, दक्षिण र उत्तरतर्फका तीन वटा ढोका खोलिन्थ्यो । बिहानको समयमा पश्चिमतर्फको एउटा ढोका मात्रै खोल्ने नियम थियो ।

यसअघि तीनवटा ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला हुन्थ्यो । महाशिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिका चारै वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: