Mon. Oct 28th, 2024

युक्रेनसँगको युद्ध रोक्न रुसी राष्ट्रपति पुटिनको दुई सर्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध रोक्न दुई वटा सर्त राख्नुभएको छ । युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट आफ्ना सेना फिर्ता लिनुपर्ने र युक्रेन नेटोमा सामेल नहुने ग्यारेन्टी गरेमा युद्ध रोकेर शान्ति वार्ता गर्न रुस तयार रहेको पुटिनले बताउनुभएको छ ।

युक्रेनको आयोजनामा स्वीट्जरल्याण्डमा ९० देशका प्रतिनिधि सहभागी शान्ति शिखर सम्मेलन शुरु हुनै लाग्दा पुटिनले सर्तसहित युद्धविरामको प्रस्ताव अघि सार्नुभएको हो । रुसी राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट सबै सेना फिर्ता लिने र नाटोमा सामेल नहुने घोषणा गरेपछि रुसी सेना त्यहाँबाट फिर्ता हुन थाल्ने बताउनुभएको छ ।

यस्तै युक्रेनले रुसी भाषा बोल्नेको अधिकार सुरक्षित गर्नुपर्ने पनि रुसी राष्ट्रपति पुटिनको सर्त रहेको छ । यस्तै युक्रेनको सहयोग गर्ने बहानामा रुसविरुद्ध लगाएका सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि हटाउनुपर्ने रुसले माग गरेको छ ।

About The Author

अन्य समाचारहरु: