Mon. Oct 28th, 2024

सरकारको कामप्रति ओलीको असन्तुष्टि– स्वार्थका थैला भर्नतिर लाग्दैनौँ

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । संघीय संसद् भवनस्थित ल्होत्से हलमा शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको उनले जिकिर गरे । तर, विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको उनले बताए । एकदुईजनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने उनको भनाइ थियो ।

एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, बजेट विनियोजन कस्तो छ भन्ने विषयको समीक्षा गर्न जरुरी रहेकामा उनले जोड दिए । उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न निर्देशन दिए ।

ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्र स्थितिमा परिवर्तन ल्याउन सकिने उनले बताए । उनले एमाले प्रतिक्रियावादी शक्तिजसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैला बोकेर हिँड्ने पार्टी नभएको उल्लेख गरे ।
स्वार्थका थैला भर्न अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिका अवलम्बन गर्ने काममा एमाले नलाग्ने उनले बताए । उनले प्रतिक्रियावादीले एमालेविरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनीय कुरा ‘आविष्कार’ गरी समाजमा भ्रम पैदा गरिरहेको आरोप लगाए ।

About The Author

अन्य समाचारहरु: